२०८१ चैत २७ गते आयोजक
जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा लागू औषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धी तीन महिनाको सचेतनामूलक अभियान कार्यक्रम बिरगंमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा बिरगंज पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, डिएसपी किशोर लम्साल, सञ्चारकर्मी तथा स्थानीय लगायतको उपस्थिति रहेको बताइएको छ ।
सो कार्यक्रममा लागू औषधको बढ्दो दुरुपयोग, त्यसको रोकथाम र नियन्त्रणकालागि चर्चा विर्चा गरेको हो ।
यो कार्यक्रमले जन समुदायमा सचेतना फैलाउने तथा युवाहरुलाई लागू औषधबाट टाढा राख्ने लक्ष्यका साथ राखनका लागि आगामी तीन महिनासम्म विविध सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताएको छ ।