गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा तोडफोड र आगजनी गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ बस्ने १८ वर्षीय रन्जित बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरीका अुनसार उक्त सडकमा जडान गरिएको ट्राफिक बत्ती, कार्यालय तोडफोड तथा आगजनीका कार्यमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरिएको हो ।