नवलपरासीको सशस्त्र प्रहरीले तीन जना भारतिय नागरिकलाई लागु औषधसहित पक्राउ गरेको छ । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ स्थित दुर्गा मन्दिर चोकबाट सशस्त्र प्रहरीले लागू औषधसहित तीन जनालाई भातियलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत निवासी ४५ वर्षीय अमरजित हर्जन, २५ वर्षीय कपिलदेव सहनी, र २१ वर्षीय दिलीप गौतम रहेको सशस्त्र प्रहरीले जनाएको छ ।