Saturday, April 19, 2025

सशस्त्र प्रहरी बल पर्साद्वारा ठुलो मात्रामा लागु औषध चरेश बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल पर्साले अबैध लागु औषध चरेश २४ किलो भन्दा बडी पर्साका पोखरीया नगरपालिकामा बरामद गरेको सशस्त्र प्रहरीले बताएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश पोखरियाका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) महेन्द्र सिंह थापाको नेतृत्वमा खटीएको टोलीले बिशेष सुचनाको आधारमा जिल्ला पर्सा पोखरिया नगरपालिका वडा नम्बर – ०८ मननपुर स्थित बासँको झ्याङ्गमा २ वटा झोला भित्र लुकाई छिपाई राखिएको २४ के.जी. ५०० ग्राम चरेश नियन्त्रणमा लिएको सशस्त्र प्रहरी पर्साले बताउँछन् । उक्त बरामद गरिएको चरेश नियन्त्रणमा लिई आवश्यक कारवाहिका लागि ईलाका प्रहरी कार्यालय पोखरीया पर्सामा बुझाईएको
सशस्त्र प्रहरी पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) देवेन्द्र बहादुर सिंहले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles