Saturday, April 19, 2025

प्रहरी प्रमुखद्वारा २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका प्रमुख (आईजीपी)दिपक थापाको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान तथा बधाई कार्यक्रम भएकोमा,जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजनामा भएको उक्त कार्यक्रम नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी)दिपक थापाको प्रमुख आतिथ्यतामा नयाँ वर्ष २०८२ सालको शुभकामना आदान प्रदान तथा बधाई कार्यक्रम सम्पन्न भएको बताइएको छ ।
कास्की जिल्लाका पोखरा महानगरपालिका वडा नं. ६ स्थित रहेको बरपिपल रिसोर्टको सभाहलमा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा स्थानिय जनप्रतिनिधिहरु, लगायत विभिन्न सामुदायिक सेवा केन्द्रहरुका पदाधिकारीहरु, र संघ संस्थाका प्रमुख तथा पदाधिकारीहरुको उपस्थितीमा नव नियुक्त हुनु भएका प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना तथा नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles