Saturday, June 21, 2025

बाराका प्रहरीद्वारा ६ किलो चाँदी गहना बरामद:-

ताजा / भरखरै प्राप्त

बाराका प्रहरीले ६ किलो चाँदीका गहना बरामद गरेको बाराका प्रहरीले जानकारी दिएका छन् ।
बसको क्याबिनमा फेला परेको अवैध चाँदी बरामद गरेको बाराका प्रहरीले बताउँछन् । हिजो मंगलबार साँझ ५ः३० बजे प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोक स्थितमा वीरगंजबाट तुलसीपुर दाङ जाँदै गरेको बा. प्र. ३२५६ नम्बरको यात्रु बाहक बसमा फेला परेको चाँदी बरामद गरेको बारा प्रहरीको भनाईं रहेको छ ।
चेक जाँच गर्दा बसको क्याभिनभित्र सिट मुनि बेवारिसे अवस्थामा टेपले बेरी राखिएको कार्टुन शङ्कास्पद लागि खोली हेर्दा उक्त कार्टुन भित्र लुकाई छिपाई राखिएको चाँदी जस्तो देखिने रेडिमेट गहना फेला परेको प्रहरी सहायक निरीक्षक (असई)अमृत मैनालीले बताएका छन् ।
बरामद भएको चाँदीका गहना दश लाख असि हजार बराबरको अन्दाजीक रहेको बाराको प्रहरीले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles