Saturday, June 21, 2025

एमालेको युवा महोत्सव लाखौं युवाहरुलाई उतार्ने दाबी:-

ताजा / भरखरै प्राप्त

नेकपा एमालेले आज काठमाडौंमा युवा महोत्सवको आयोजना गर्दै छ, लाखौं युवाहरुलाई काठमाडौंमा उतार्ने एमाले पार्टीको दाबी रहेको छ । लोकतन्त्र दिवसको अवसर पारेर काठमाडौंमा युवा महोत्सव गर्न लागेको हो । आज दिउँसो १ः०० बजेबाट भृकुटीमण्डपमा सो महोत्सव सुरू हुने आयोजकले जनाएका छन् । सो कार्यक्रमको सहजीकरण टिमका संयोजक माधव ढुङ्गेलका अनुसार कार्यक्रममा पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले संक्षिप्त शुभकामना मन्तव्य राख्ने र बाँकी सबै वक्ता युवा रहने भएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles