Sunday, June 22, 2025

गृहमन्त्रालयद्वारा सशस्त्र प्रहरीका १२ डीआईजीको सरुवा:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरीका १२ जना (डीआईजी) र ११ जना (एसएसपी)को सरुवा भएको छ । सशस्त्र प्रहरी गृह मन्त्रालयले आज,बिहीबार ६ प्रदेशका प्रमुखसहित विभिन्न जिम्मेवारीमा रहेका (डीआईजी)हरूको सरुवा गरेको बताईए छ । हाल सशस्त्र प्रहरी बलका प्रवक्ता रहेका (डीआईजी) कुमार न्यौपानेलाई कोशी प्रदेशअन्तर्गतको बराह बाहिनीमा सरुवा गरिएको छ। यसअघि बराह बाहिनीको जिम्मेवारी सम्हालेका शम्भु सुवेदीलाई स्टाफ कलेजमा पठाइएको छ । यसैगरी, मधेस प्रदेशको छिन्नमस्ता बाहिनीमा (डीआईजी) कृष्ण ढकाल,र बागमती प्रदेशको गढिमाई बाहिनीमा अन्जनी पोखरेल, गण्डकी प्रदेशको मुक्तिनाथ बाहिनीमा दिपेन्द्र साह” र लुम्बिनी प्रदेशको विन्दाबासिनी बाहिनीमा दिपेन्द्र कुँवरलाई सरुवा गरिएको छ । त्यस्तै, गढिमाई बाहिनीबाट सरुवा भएका गणेश ठाडा मगरलाई कार्यविभागमा, मुक्तिनाथ बाहिनीबाट कुलबहादुर नेम्वाङलाई मानवस्रोत विभागमा र विन्दाबासिनी बाहिनीबाट प्रदिपपाललाई वैद्यनाथ बाहिनीमा सरुवा गरिएको छ। वैद्यनाथ बाहिनीमा कार्यरत दीपक अधिकारीलाई पनि मानवस्रोत विभागमै सरुवा गरिएको छ । कर्णाली प्रदेशका प्रमुख विष्णु भट्ट भने हाल कंगो मिसनमा रहेकाले उनको सरुवा गरिएको छैन । सुदूरपश्चिम प्रदेशको वैद्यनाथ बाहिनीमा भने (डीआईजी) प्रदीप पाल सरुवा भएका छन् । छिन्नमस्ता बाहिनीबाट कालिदास धौवजीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles