बाराकाे कबहीगाेठबाट बिहानैदेखि तस्करी भई रहेको स्तनिय स्थानीयहरुले बताउँछन् । यो नाकाबाट मोटरसाइकलको माध्यमबाट तस्करी भएका छन् । माेटरसाइकलमा तस्करहरूले काजु , चिनी,मैदा मरेका माछा, कपडा लगायतका सामानहरुको तस्करी भएका छन् । बिहानैदेखि साझसम्म कवहीगोठको
नाकाबाट खुलेयाम तस्करी भएका छन् ।
जबकि राज्यले सीमा सुरक्षा र चाेरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीलाई मुख्य जिम्मेवारी दिएको छ । तर पनि बाराको विभिन्न नाकाहरुबाट तस्करी नियन्त्रणमा आएको छैन । तस्करी धन्दाकाे बारेमा सशस्त्र प्रहरी बलको कबही गाेठका सशस्त्र प्रहरी निरीक्षक श्याम बाबु यादवलाई जानकारी दिए पनि तस्करी नियन्त्रणमा आएको छैन । उक्त नाकाबाट भारतीय मरेको माछा, फुल, कपडाको समेत व्यापक रूपमा तस्करी भएर नेपालमा भित्रिरहेकाे स्थानीयहरुको भनाई रहेको छ ।