पर्साका सशस्त्र प्रहरीले भन्सार छली चोरी तस्करी गरेर ल्याउन लागिएको टेम्पो चालक अमृत साह कानुलाई औषधिसहित पर्साका सिरिसीयाबाट पक्राउ गरेको सशस्त्र प्रहरीले बताउँछन् ।
पर्साका वीरगंज महानगरपालिका वडा नं. २४ स्थित रामगढवामा सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजका सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकेन्द्रप सुब्बाको नेतृत्वमा खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएका मल्टिभिटामिन औषधिसहित एक जना मानिसलाई पक्राउ गरेका छन् । सशस्त्र प्रहरीको टोलीले ना.२ स.१०१७ नम्बरको अटोमा लोड गरिएका १० वटा कार्टुनमा प्याक गरिएको Lycopene with Multivitamin & Multiminerals Capsule – NUTRI-CURE Capsule कुल ४८० डब्बा (४,८०० पत्ता) फेला पारेको सशस्त्र प्रहरीले बताउँछन् । सशस्त्र प्रहरीद्वारा पक्राउ पर्नेमा पर्सा, वीरगंज महानगरपालिका वडा नम्बर २५ सिर्सिया गाउँका ३६ वर्षीय अटो चालक अमृत साह कानु रहेका छन् । अवैध रुपमा भन्सार छली आएका तस्करीका समान बोकेका टेम्पोको अगाडी पछाडि स्कर्टिङ्गका लागि प्रयोग गरिएका दुई मोटरसाइकल पनि सशस्त्र प्रहरीले पक्राउ गरेका छन् ।पक्राउ परेका मोटरसाइकलहरु BR05AR 2690 नम्बरको सिलभर HERO GLAMOUR
BR05AM 6462 नम्बरको कालो HERO SPLENDOR समेत बरामद गरिएको सशस्त्र प्रहरीले बताएको छ । पक्राउ गरिएको अटो तथा मोटरसाइकलको मूल्य करीब ६ लाख रुपैयाँ र औषधिको मूल्य ९ लाख ६० हजार रुपैयाँ रहेको अनुमान गरेको सशस्त्र प्रहरीले बताउँछन् । पक्राउ परेका मोटरसाइकल, टेम्पो, तस्करीको समानसहित मुल्यांकन १५ लाख ६० हजार रुपैयाँ बराबरको सामानसहित आवश्यक कारबाहीका लागि पर्साका वीरगञज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) देवेन्द्र सिंहले जानकारी दिनु भएका छन् ।