Sunday, June 29, 2025

काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु:-

ताजा / भरखरै प्राप्त

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा ४ ख ३३६३ नम्बरको टिपर उकालोमा ब्याक भई अनियन्त्रित हुँदा करिब १०० मिटर तल खस्दा चालक नुवाकोट सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय लवकुश अधिकारीको मृत्यु भएको प्रहरीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles