राैतहट जिल्लामा धेरै लामो महिना देखि तस्करी रोकिएको अहिले पुनः सुरू भएको स्थानीयको भनाईं । रौतहटका अधिकांश नाकाबाट भैसी तस्करी हुने गरेको छ । रौतहटको भारतसंग जोडिएका केही मिटरमा नेपाल प्रहरीको चौकी र सशस्त्र प्रहरीको बिओपी रहेपनि दैनिक रुपमा भैसी तस्करी निर्वाध रुपमा नेपाल भित्रने गरेको छ । जिल्ला प्रहरी राैतहटका घुमुवा सहायक हवल्दार धुरव यादव तथा सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र तथा नेपाल प्रहरीका पोष्टका प्रमुखहरुलाई तस्करहरूले केही रकमको प्रभावमा पारेर तस्करहरुले भारतीय नाकाबाट भैसीं, गाई, राँगा, पाडा, पाडी, चिनी, किराणाको तस्करी गरी नेपाल भित्र्याउने गरेका छन् । भारतसँग जोडिएका रामपुरखाप गाउँका प्रहरी चाैकी रामपुर खापका प्रहरी प्रमुख, बिओपी रामपुरखापका बिओपी प्रमुखको मिलोमतोमा तस्करी भएको स्थानीयले बताउँछन् । रामपुरगाउँको बाटो भएर व्यापारीहरुले भैसी नेपाल भित्रयाएर राजपुर नगरपालिकाको कुडिया बजारमा ल्याउने गरेका छन् । कुडिया बजार नेपाल भारत सिमा क्षेत्र भन्दा करिव चार किलोमिटर उत्तरमा रहेको बताइएको छ ।
जहाँ राँगा भैसीहरु भारतबाट तस्करीको माध्यमबाट ल्याएर नारायण घाट, काठमाण्डौ, पोखरा लगायत नेपालको विभिन्न स्थानमा पठाउने गर्दछन् ।