

नागढुंगामा एक ट्राफिक प्रहरी निरीक्षकले ड्युटीमै रहेका प्रहरी जवानमाथि कुटपिट गरेको घटनाको छानबिन गर्न उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको छ।
प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टको नेतृत्वमा गठन गरिएको समितिमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथका डीएसपी र जिल्ला प्रहरी परिसर काठमाडौंका एक निरीक्षकसहित पाँच जना सदस्य रहने छन् ।