मोरङको कानेपोकखरीमा डीएसपी र सांसद सवार गाडी एक आपसमा ठोक्किएका छन् । झापाबाट विराटनगर जाँदै गरेको कोशी प्रदेश सभा सदस्यहरू सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परेको गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैया श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए । उनीहरू सवार गाडीलाई एकजना डीएसपीले हाँकेको अर्को गाडीले ठक्कर दिएको खुलेको छ । मोरङमा प्रहरी र सांसद चढेको गाडी दुर्घटना भएको छ । सोमबार दिउँसो २ बजे पूर्वपश्चिम राजमार्गको मोरङको कानेपोखरी गाउँपालिका– ७ खण्डमा बेलबारीबाट झापा तर्फ जाँदै गरेको बा. ५ च ३५३० नम्बरको कार विपरित दिशाबाट आउँदै गरेको बीएई १४०६ नम्बरको कारसँग ठोक्किएर दुर्घटना भएको हो ।बा ५ च ३५३० नम्बरको कारमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्का सवार थिए । गाडी उनले चलाइरहेका थिए । अर्को सवारीमा कोशी प्रदेशका चार सांसद सवार थिए । अर्को गाडीको चालक भेशराज श्रेष्ठ रहेको छ ।दुईवटै गाडीमा सवारको अवस्था सामान्य रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।