मकवानपुरको हेटौंडा र काठमाडौं जाेड्ने कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको जनाइएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका-२ को सिमानास्थित बगुवा खाेलाको डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।