Monday, May 19, 2025

सशस्त्र प्रहरीहरुलाई तस्करी शून्य पार्न डीआइजी ढकालको निर्देशन:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) कृष्ण ढकालले अनुशासित भएर काम गर्न सशस्त्र प्रहरीहरुलाई निर्देशन दिनुभएका छन् । मधेस प्रदेशको कार्यभार सम्हालेकै दिनदेखि डीआइजी ढकालले सबै सशस्त्र प्रहरी अधिकारी तथा सुरक्षाकर्मीलाई निर्देशित गर्दै भने, ‘आफ्नो काम कर्तव्यमा कमजोरी गर्नेलाई कुनै छुट हुदैन। नागरिकको सम्मान र सुरक्षालाई केन्द्रमा राखेर निष्पक्ष, इमानदार र अनुशासित तरिकाले काम गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।’ उनले नागरिकसँग सहकार्यमा काम गर्नुपर्ने, तर अपराध, भ्रष्टाचार र तस्करीजस्ता गतिविधिमा संलग्न कसैलाई पनि नछोड्ने चेतावनी पनि दिएका छन् । सशस्त्र प्रहरी बललाई सीमा क्षेत्रमा थप सतर्क, संयमित र सक्रिय रहन उनले निर्देशन दिएका छन् । छिमेकी राष्ट्रसँगको सम्बन्धलाई सुदृढ बनाउँदै, नेपाली भूमि आतंकवादी वा आपराधिक गतिविधिको केन्द्र नबनोस् भन्ने हाम्रो दृढ संकल्प रहेको हो, डीआईजी ढकालको भनाईं रहेको छ । डीआइजी ढकालले हालै पर्सा, बारा, रौतहट, सर्लाही, र महोत्तरीका विभिन्न सीमावर्ती क्षेत्रहरूको अनुगमन बढाएको बताएका छन् । उनले आफैँ स्थलगत अनुगमन पनि गरिरहेका छन् । सशस्त्र प्रहरी बललाई करछली, तस्करी, आपराधिक गिरोह र अवैध क्रियाकलापहरूविरुद्ध शून्य सहिष्णुता नीति लागू गर्न निर्देशन दिसकेका छन् । उनले भनेका छन् कि ‘अपराध नियन्त्रणमा कुनै राजनीतिक वा सामाजिक दबाबमा नपर्ने सशस्त्र प्रहरीहरुलाई भनेका छन् ।’

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles