Saturday, April 18, 2026

हनी ट्र्यापमा परेर काठमाडौंमा घर र जग्गा माग्ने दुई महिला पक्राउ:-

ताजा / भरखरै प्राप्त

सामाजिक सञ्जालमार्फत चिनजान भएका एक युवकलाई होटलमा बोलाई मदिरा सेवन गराई हनी ट्र्यापमा पार्दै ब्ल्याकमेल गरेको आरोपमा दुई महिलालाई काठमाडौ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलाली जिल्ला गोदावरी नगरपालिका–१० की ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ की ३४ वर्षीया आँचल चौगुठी रहेकी छन् ।

उनीहरूले युवकको नग्न तस्वीर खिची बलात्कारको झूटो अभियोग लगाउने धम्की दिँदै ठगी गरेको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार, ती युवतीहरूले सुरुमा मुद्दा मिलाउन भन्दै काठमाडौंस्थित ४ आना जग्गा मागेका थिए ।
पछि ५ लाख रुपैयाँको चेक लिइसकेपछि युवकले प्रहरीमा उजुरी दिएको हो। हाल उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
यस्तो प्रवृत्तिबाट जोगिन सबै नागरिकहरुले सचेत रहन आवशयक छ ।
पक्राउ परेका युवतीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles