यसरी चौका हान्ने सशस्त्र प्रहरी बल २९ नं. ज्वालामाइ गण दाङका एसपी मनोज धिताल पनि एक हुन् । दाङबाट हुने तस्करीमा उनले आँखा चिम्लिने मात्र होइन मातहतका डिएसपीहरुलाई क्रसर उद्योग गनेर उठाउन निर्देशन दिएको स्रोतको दावी छ । आइजीपी अर्याल अहिले राष्ट्र संघको एक कार्यक्रममा भाग लिन जेनेभा पुगेका छन् ।
यसअघि ट्याक्टर ब्यबसायी र मातहात कार्यालयबाट पैसा उठाएको कुरा बाहिर आएपछि आफू मातहतका कमान्डरलाई केरकार शुरु गरेका एसपी धितालले यतिबेला भने क्रसर उद्योग र गोरु तस्करीलाई खुला गर्न निर्दैशन दिएको एक डिएसपीले बताए । यसअघि सामान्य विषयम पनि गोप्य राख्न नसक्ने भन्दै थर्काएका धितालले तस्करीका लागि लाइन खुलाउन लागि परेका छन् । एक कमान्डरले बताए । उनको विषयमा सशस्त्र मूख्यालयमा उजुरी समेत परेको छ । यो विषयमा भर्खरै लुम्बिनी प्रदेशको कमाण्ड सम्हाल्न पुगेका डिआइजी दीपेन्द्र कुँवरलाई जानकारी भएपनि उनी मौन रहेका छन् ।
एसपी धितालले क्रसर उद्योगबाट रकम संकलन गर्न लगाएको सूचना बाहिर आएको थियो । आन्तरिक सेटमै यस्तो कुरा कसरी बाहिरियो भन्दै केरकार गरेका थिए । मासिक उठाउने अनि फेरि त्यो कुरा बाहिरियो भन्दै रिसाउने के तरिका हो भन्दै एक कमान्डरले प्रश्न गरे । उनले मातहत मात्र होइन गण बाट पनि राशनबाट आर्थिक लाभ लिदै आएको स्रोतको दावी छ । मासिक २ लाखसम्म रासन बाट बचत गरेर उनलाइ बुझाउनु पर्ने श्रोतको दाबी छ । अहिले गणमा ४५ प्रतिशत सम्म बिदा आउटमा हुने गरेको बताइन्छ । ‘पैसा भनेपछी मरिहत्ते गर्ने बानी रहेछ’, एक अधिकृतले दृष्टिसँग भने । केही दिनअघि तुलसीपुर बेशका डिएसपी नरेश खड्काले त्यहाँका ट्याक्टर व्यवसायीलाई धम्क्याएर एसपीलाई बुझाउन चन्दै आर्थिक लाभ लिएको स्रोतको दाबी छ । यो विषयमा दृष्टि साप्ताहिकले समाचार समेत प्रकासित गरेको छ । गिटी, बालुवाको तस्करीबाट महिनावारी असुल्दै डिएसपीले त्यसको लाइन एसपीलाई बुझाउनुपर्ने भएपछि लफडा भएको हो । तुलसीपुरको यो धन्दा पुरानै हो । ‘घुस लिनको लागि एसपी मनोज धितालले मातहतमा रहेको तुलसीपुर बेशका कमान्डरलाइ हैरानी दिएपछि यो लफडा भएको हो’, स्रोतले भन्यो । जसरी पनि एसपीलाई मासिक बुझाउनु परेपछि ट्याक्टर व्यवसायी आजित भएका छ्न् । त्यहाँबाट मात्र होइन तुलसीपुर र घोराहीमा रहेको कारागार सुरक्षा बेशले समेत एसपीलाई मासिक बुझाउनुपर्ने हुन्छ । ती दुई बेशबाट मासिक २५÷२५ हजारका दरले बुझाउनुपर्ने श्रोतको दाबी छ । त्यतिमात्र होइन, दाङको सीमा नाकामा रहेका कोइलाबास, सुनपत्थरी, भैसाही, खांग्रा लगायतका सबै बिओपीबाट समेत एसपी धितालले असुल्दै आएका छ्न् । ‘मासिक नबुझाए छड्के निरीक्षण भन्दै दुःख दिन्छ्न्, त्यसबाट बच्न पनि बुझाउने गरेको छु, राती १२ बजे उठाएर सामेल गराउने गरेका छन्’, एक कमान्डरले गुनासो गरे । जसका कारण सिमामा रहेका युनिटमा ६० प्रतिशतसम्म बिदा आउटमा छोड्ने गरिएको बताइन्छ ।
दाङका प्रायः सबै बिओपीमा सइले कमान्ड गर्छन्, जसका कारण मासिक रकम बुझाउन उनीहरू पेलानमा परेको श्रोतको दाबी छ । कारागार र तुलसीपुर तथा कोइलाबासमा रहेका डिएसपीले पनि एसपीलाई मासिक रकम बुझाउने गरेका छन् ।
दाङको कोइलाबास नाकाबाट मध्यरातमा गोरु तस्करी हुने गरेको छ । भारतीय गोरु नेपाल प्रवेश गराउन तस्करहरुले कोइलाबास नाकाको प्रयोग गर्ने गरेको पाइएको हो । खुल्ला सिमानाका कारण गोरु हिडाउँदै नेपाल प्रवेश गराउने र त्यस पश्चात नक्कली कागजपत्र तयार पारेर पूर्वी सिमाना झापाबाट बंगलादेश लग्ने गरिएको छ । गोरु तस्करी खुलेयाम हुने गरेको हो । नेपालमा घरायसी कृषि प्रयोजनको कागज बनाएर ओसारपसार हुने गोरु मासुका लागि बंगलादेश पुग्ने गरेको र यसमा सशस्त्र प्रहरीका एसपी धिताल आफै लाग्ने गरेको स्रोतको दावी छ । भारतसँग सीमा जोडिएका दाङका २६ मध्ये २५ नाका सडक सञ्जालसँग नजोडिँदा सञ्चालनमा छैनन् ।
दृष्टिन्यूज ।