
कोशी ब्यारेज नजिकै सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) द्वारा नियमित रेस्क्यु अभ्यासको क्रममा दुःखद घटना भएको जनाइएको छ ।
सशस्त्रले अभ्यासको दौरान २ जना एपीएफका जवान कोशी नदीमा बेपत्ता भएका छन् ।
घटनापछि तुरुन्तै खोजी तथा उद्धार कार्य सुरु गरिएको नेपाली सेना, स्थानीय नेपाल प्रहरी तथा गोताखोरहरूको टोली परिचालन भइसकेको छ, भने उद्धार कार्य हालै पनि तीव्र गतिमा जारी रहेको बताइन्छ ।
सशस्त्र प्रहरीको स्रोतका अनुसार, बेपत्ता जवानहरूको पहिचान खुलाइएको छैन र परिवारजनलाई सूचित गरिसकिएको
बताइएको छ ।
सशस्त्र प्रहरी बलले घटनाको सम्बन्धमा उच्चस्तरीय अनुसन्धान सुरु गरिसकेको छ । प्रारम्भिक जानकारीअनुसार, अभ्यासको क्रममा कोशी नदिमा एक्कासी पानीको बहाव तीव्र हुँदा घटना भएको सशस्त्रका स्रोतले बताएको छ ।
सशस्त्र प्रहरी बल र सरकार यस घटनाप्रति गहिरो दुःख प्रकट गर्दछ र बेपत्ता भएका जवानहरूको सुरक्षित सम्पूर्ण प्रयास जारी राखिएको जानाइएको छ ।