Sunday, August 17, 2025

विपद् उद्धार तालिमका कर्ममा सुरज अझै सप्तकोसीमा बेपत्ता:-

ताजा / भरखरै प्राप्त

जिल्ला सुनसरी विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोसी नदीमा बेपत्ता भएका डोटीका सुरजको खोजी जारी छ ।

सप्तकोशी नदीमा बेपत्ता भएको सशस्त्र प्रहरी बलका दुई जनामध्ये एकजनाको शव फेला परिसकेको छ ।

बेपत्ता भएका दन्तकाली विशेष कार्यतालिम शिक्षालय सप्तरीमा कार्यरत हरेदेव राजवंशीको शव शुक्रबार सप्तकोसी किनारमा फेला परेको थियो । तर डोटीका सुरज साउद अझै बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिमल्सिनाले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बलका गोताखोर र तालिम प्राप्त विपद् व्यवस्थापनको टोली परिचालन गरी साउदको खोजीकार्य जारी रहेको सशस्त्र प्रहरीले पनि बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles