

नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा भर्ना भई उमेर हदको आधारमा अनिवार्य अवकाश निवृत्त भई जान लाग्नु भएका पूर्व प्रहरी नायव निरीक्षक उपेन्द्र बहादुर बानिया ज्यूलाई यस कार्यालयका कार्यालय प्रमूख प्रहरी उपरीक्षक श्री गोबिन्द पुरीज्युको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच बिदाई गर्नुभएको छ ।
साथै उहाँले पवित्र प्रहरी संगठनमा ईमान्दारी बफादारीका साथ कर्तब्यनिष्ठ भई सेवा गर्नु भएकोमा स-धन्यवाद तथा उहाँको सेवा निवृत्त जिवन सुखमयको कामना दिनुका साथै उक्त बिदाई कार्यक्रमा जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु र अन्य मातहत दर्जाका प्रहरी कर्मचारीहरुले पुष्पगुच्छा, फूलमाला, खादा, कदर पत्र र मायाको चिनो प्रदान गरी बिदाई कार्यक्रम सम्पन्न भएकोछ ।