Thursday, June 19, 2025

राैतहटमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्युु:-

ताजा / भरखरै प्राप्त

राैतहट जिल्लाको राजपुर नगरपालिका वडा नं – ३ डमार पोखरीयामा करेन्टन लागेर महिलाको ज्यान गएको पिडित परिवारको भनाईं रहेको छ ।

मृत्यु हुनेमा सेख सकुरको ३५ वर्षकी छोरी तथा मतिहुल्लाको श्रीमती गुल्नाज खातुन रहेको पिडित परिवारले बताईएका छन् ।

करेन्ट लागेर मृत्यु हुने राैतहटको राजपुर नगरपालिका-३ डमार पोखरीया गाउँका शेख सफुलाको श्रीमती बर्ष ३५ की गुलनाज खातुन रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा खातुन लाई विद्युतिय करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लैजाँदा साँझ ५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles