



सशस्त्र प्रहरी बल नेपाल पर्साले एक घरमा छापामारि गरेर अवैध कपडा सशस्त्र प्रहरी पर्साले बरामद गरेको छ ।
सशस्त्र प्रहरी पर्साले विशेष सुचनाको अधारमा छापा मारेको हो । सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंज बाट सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) लोकेन्द्र बहादुर सुब्बाको टोलि र बिरगंज भन्सार कार्यालयको संयुक्त टोलिले बिरगंज महानगरपालिका वडा नं ८ गहवा स्तिथ एक घरमा भन्सार छलि ल्याइएको कपडा बरामद गरेको हो , सशस्त्र प्रहरी पर्साले बिशेष सुचनाको अधारमा घरमा रितपुर्वक चेकजांच गर्दा कपडा फेला परेको छ । फेला परेका कपडा के कति मुल्य बराबरको छ विवरण आउन बाकि रहेको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।