Friday, July 4, 2025

सशस्त्र प्रहरी पर्साद्वारा पर्साका बिरगंज वडा नं १ छपकैयामा छापा:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा तस्करी कपडा बरामद गरिएको बजार मुल्य १८,५५,३५०।- बराबरको कपडाहरु भन्सार दाखिला गरेको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल,नेपाल नं.१३ गण हे.क्वा.पर्सा तथा मातहत कार्यालयहरुबाट र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलिले वीरगञ्ज महानगरपालिका – १ स्थित छपकैया तथा नदिया टोलका विभिन्न व्यक्तिहरुका घरहरुमा भारतबाट भन्सार छली लुकाई छिपाई चोरीपैठारी गरी अवैध रुपमा ल्याई भण्डारण गरी राखिको अवस्थामा मुल्य रु.१८,५५,३५०।- बराबरको कपडाहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि पर्साका बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।

सशस्त्र प्रहरीका सुचना अधिकारी
देबेन्द्र बहादुर सिंह
सशस्त्र प्रहरी नायव उपरीक्षक डीएसपीले जानकारी दिनुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles