Friday, July 4, 2025

राैतहटको गाैरमा स्रोत नखुलेको रकम सहित एकजना पक्राउ:-

ताजा / भरखरै प्राप्त

रौतहटको गौरबाट शसस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित सशस्त्र प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्वकर्मचारी जितेन्द्र राउतलाई गौर भन्सार कार्यालय अगाडीबाट स्रोत नखुलेको २ लाख ५० हजार रुपैंयासहित राैतहटको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ ।

भारत बाट नेपालतर्फ बिआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका राउतलाई गौर भन्सार रोडमा खटिएका सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा सो रकम फेला परेको हो । टाउकोमा लगाएको हेलमेट भित्र लुकाएर रकम ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले राउतलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल नम्बर ११ गण राैतहटले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles