Thursday, October 9, 2025

धनुषा जिल्लामा लामो समय देखि रोकिएको तस्करी पुनःसुरु:-

ताजा / भरखरै प्राप्त

घुमुवा प्रहरीको साम्राज्य संगठनकै संरक्षणमा तस्करीमा असुली आतंक:
जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत असई. साहले संगठनको नीति र अनुशासनविपरीत विगत वर्षोदेखि घुमुवा प्रहरीको रूपमा कार्य गर्दै तस्करी, असुली र आन्तरिक अराजकता फैलाइरहेको आरोप लागेको छ ।
नेपाल प्रहरी संगठनभित्र ‘घुमुवा प्रहरी’ विवादास्पद संरचना मानिन्छ । तस्करहरूसँगको मिलेमतो, सिनियरलाई अवज्ञा, र संगठनको नाममा डर देखाउँदै आर्थिक लाभ उठाउने यस्ता व्यक्तिहरूलाई अघिल्लो नेतृत्वले तराईका घुमुवाहरुलाई हटाउने प्रयास गरे पनि हाल पुनः उनीहरू सक्रिय बन्दै गएका छन् ।
तस्करीको, संरक्षण र मौनता सीमावर्तीका चौकीहरू – दुहबी, मैनाथपुर, खजुरी, परबाहा, धनाैजी, तीनकाैडिया, जटही आदि क्षेत्र हरुबाट रक्सी, चाइनिज सामग्री, स्क्र्याप, फेयर एन्ड लभ्ली लगायतका सामान नेपालबाट भारततर्फ तस्करी भइरहेको छ, भने भारतबाट रजनीगन्धा, कपडा, किराना, दूध पाउडर, माछा, कुखुरा” कुखुराका चल्ला जस्ता सामग्री नेपाल भित्रिन्छन् । चीनमा तयार गरिएको नक्कली फेयर एण्ड लभ्ली नेपाल हुँदै भारत तर्फ तस्करी हुने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका हालका एसपी नरहरि रेग्मी आएपछि असई. बिरेन्द्र साहलाई घुमुवाको रूपमा परिचालन गरेका छन् । बिरेन्द्र साह यतिबेला धनुषा जिल्लाका घुमुवाको कमान्ड सम्हालेका छन् । घुमुवा भनेको हाकिमको लागि अति प्यारो मात्रै हुदैन कि अति बिश्वासिलो पनि हुन्छन् । त्यसैले त भनिन्छ नि अति बिश्वासिलोलाई घुमुवा राख्ने र घुमुवा भएको प्रहरी हाकिमको धेरै नजिकको हुन्छ भन्ने कुरा जनकपुरधामका प्रहरी भित्र चर्चा चलिएको छ ।
आफ्नो पुरानो र बिश्वासिलो हवल्दार देखिनै आफनो घुमुवा राखेको र असई हुँदा पनि बिरेन्द्र साहलाई फेरि पनि धनुषाका घुमुवा कमान्डरको रूपमा परिचालन भएका छन् । सिराहामा कार्यरत रहेका असई बिरेन्द्रलाई प्रदेश प्रहरी कार्यालय मार्फत काज गराएर धनुषा ल्याई एसपी रेग्मीले घुमुवाको रूपमा परिचालन गरेका छन् ।

साहले धनुषाका ठूलाठूला तस्कर संग उनको भेटघाट र पुरानो चिनजान रहेको र साइकल , मोटरसाइकल , अटोरिक्सा जस्ता साधनबाट भएको तस्करी गराउन जिम्मेवारी पाएका छन् । अहिले धनुषामा असई. साहको राम्रो असुली धन्दा चलिरहेको स्थानीयले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles