प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले एक वर्षको तथ्यांक सार्वजनिक गरेका हुन्।
उनका अनुसार उक्त अवधिमा २ हजार ७१७ जना नयाँ प्रहरी भर्ना गरिए पनि २ हजार ३६९ जनाले राजीनामा दिएका छन्। राजीनामा दिनेहरूमध्ये ४०१ जना सिनियर प्रहरी अधिकृत छन् भने १ हजार ९४९ जना अन्य दर्जाका हुन्।
उक्त वर्षमा ५२३ जना अनिवार्य अवकाशमा गएका छन्। त्यस्तै ७ हजार ४ सय जनाको बढुवा तथा पदस्थापन गरिएको छ भने २१ हजार २२४ जनाको सरुवा गरिएको छ।
प्रवक्ता घिमिरेका अनुसार सो वर्ष १२ हजार २२ जना प्रहरी कर्मचारीलाई पुरस्कार दिइएको छ भने २ हजार ७३ जनामाथि अनुशासन उल्लंघनका कारण कारबाही गरिएको बताइएको छ ।