Friday, October 10, 2025

मधेस प्रदेशका ८ जिल्लामा सवारी दुर्घटनाको तथ्याङ्क सार्वजनिक:-

ताजा / भरखरै प्राप्त

मधेस प्रदेशभर २०८१/८२/को अवधिमा ५ हजार ९८८ वटा सवारी साधनहरु दुर्घटना भएका छन्” जसमा ५४६ जनाले ज्यान गुमाएका छन्” भने मृत्यु हुनेमध्ये चालक, यात्री तथा पैदलयात्री सबै समावेश रहेका छन् ।
सवारी दुर्घटनाका कारण घाइते हुनेहरूको सङ्ख्या समेत चिन्ताजनक रहेको बताइएको छ । सो वर्ष मात्रै ९ हजार ६७० जना दुर्घटनाबाट घाइते भएका थिए। तीमध्ये धेरैजसो गम्भीर अवस्थामा उपचाररत भए पनि केहीले दीर्घकालीन शारीरिक समस्या भोग्नु परेको छ।

विशेषज्ञहरूका अनुसार तीव्र गतिमा सवारी चलाउने, मापसे गरेर गाडी हाँक्ने, सडकको कमजोर अवस्था, ट्राफिक नियमको अवज्ञा र आवश्यक सडक पूर्वाधारको अभाव दुर्घटनाका प्रमुख कारण रहेको छ । यस्तै, ग्रामीण तथा भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा सडक सुरक्षाको पर्याप्त व्यवस्था नहुँदा दुर्घटनाको जोखिम झन् बढेको पाइएको छ ।

प्रहरीले सडक दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन, कडाइका साथ ट्राफिक नियमको कार्यान्वयन र सडक संरचनामा सुधार गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles