भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आफ्नो नियन्त्रणमा रहेका २१ वटा चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन लिलामी बिक्रीमा राखेको छ । समितिले आज २१ दिने सूचना प्रकाशित गर्दै इच्छुक व्यक्ति वा संस्थालाई तोकिएको शर्तअनुसार शिलबन्दी निवेदन पेस गर्न आह्वान गरेको छ ।