Thursday, October 9, 2025

४१ वटा मोटरसाइकल धनीलाई प्रहरीद्वारा फिर्ता:-

ताजा / भरखरै प्राप्त

उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ४१ वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले फेला पारी मोटरसाइकल धनीलाई फिर्ता गरेको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज आइतबार आयोजित एक कार्यक्रममा ट्राफिक कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)नवराज अधिकारीले २२ स्कुटर र १९ मोटरसाइकल सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेका बताएको हो ।
प्रहरीका अनुसार उजुरीका आधारमा खोजतलास गर्दा केही सवारीसाधन वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा भेटिएको थियो ।गत साउन महिनामा मात्रै ५२ वटा चोरी भएका दुईपांग्रे सवारीसाधन धनीलाई फिर्ता गरिएको ट्राफिक प्रहरी काठमाडौंले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles