Monday, February 2, 2026

राैतहट हत्याकाण्डबारे छानबिन गर्न सर्वोच्चको परमादेश:

ताजा / भरखरै प्राप्त

सर्वोच्च अदालतले राैतहट गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ ।
तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीनिकट मधेशी राष्ट्रिय मुक्ति मोर्चाले ७ गते चैत २०६३ सालमा रौतहटको गौर नगरपालिका–५ स्थित राइस मिल्सको चौरमा सभा आयोजना गरेका थिए । फोरमका कार्यकर्ताले माओवादीको कार्यक्रम बिथोलेपछि झडप हुँदा माओवादीका २७ जना कार्यकर्ताको मृत्यु भएको थियो । हत्यामा तत्कालीन जनअधिकारका अध्यक्ष समेत रहेका उपेन्द्र यादवलगातका फोरमसम्बद्ध नेता, कार्यकर्ताहरुको हात रहेको माओवादीका कार्यकर्तहरुले दाबी गरिँदै आएका छन् ।

आफ्ना अध्यक्षलाई फसाउन षड्यन्त्र गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता-कार्यकर्ताले आज सोमबार साँझ जनकपुरसहित मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा प्रदर्शन गरेका छन् ।
१९ वर्षअघि रौतहटको गौरमा भएको हत्याकाण्डको छानबिन गर्न सर्वाेच्च अदालतले परमादेश दिएपछि जसपा नेपालका नेता तथा कार्यकर्ताहरूले आज सोमबार साँझ जनकपुरधामको रामानन्द चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् । त्यस क्रममा उनीहरूले ‘उपेन्द्र यादवविरुद्धको षड्यन्त्र बन्द गर, षड्यन्त्रकारी होसियार’ जस्ता नारा लगाएका छन् ।
जसपा नेपालका मधेश प्रदेशका प्रमुख सचेतक राम आशिष यादवले परमादेश फिर्ता नलिए आफूहरूले कडा आन्दोलन गर्ने बताएका छन् । उनले कांग्रेस र एमालेको संयुक्त सरकारले पहिचानवादी शक्तिलाई कमजोर बनाउन षड्यन्त्र गरेको आरोप लगाएगाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles