



समाजमा शान्ति सुरक्षा कायम राख्दै नागरिकहरुमा प्रहरी सेवाको पहुँच पुर्याउन डिआईजी ईश्वर कार्कीको निर्देशन
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण भ्रमणको क्रममा कार्यालय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा वहाँले समाजमा शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा गर्दै आमनागरिकहरुमा प्रहरी सेवाको पहुँच पुर्याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएका छन् ।
निर्देशनको क्रममा वहाँले यातायातको पहुँच कम भएको पहाडी जिल्ला संखुवासभामा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ति परिचालन गरी दुरदराजमा भएका नागरिकहरुमा प्रहरी सेवाको पहुँच पुर्याउने तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको हो ।


