बिरगंज, ३ भदौ ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सिमा सुरक्षा गुल्म बिरगंजबाट डिएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा खटिएको टोलीले पर्साको नगवातर्फ लैजादै गरिएको ठूलो परिमाणको घरेलु मदिरा नियन्त्रणमा लिएको छ।
मिति २०८२।०५।०३ गते प्रदेश ०१–००१ ह १२२४ नम्बरको ई–रिक्सामा लोड गरी लैजादै गरिएको ६१५ लिटर घरेलु मदिरा (रक्सी) बरामद गरिएको हो। बरामद मदिराको बजार मूल्य करिब रु. ६१,५००।– रहेको सशस्त्र प्रहरीले जनाएको छ।
यस क्रममा सो मदिरा ओसारपसारका लागि प्रयोग गरिएको ई–रिक्सा समेत बरामद गरिएको छ, जसको मूल्य करिब रु. २,५०,०००।– आँकलन गरिएको छ।
घटनामा संलग्न पर्सा जिल्ला बीरगंज महानगरपालिका–१६, नगवा बस्ने अन्दाजी ३० वर्षीय कृष्ण पटेललाई समेत नियन्त्रणमा लिइएको छ। बरामद सामान तथा सवारीसाधन आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने र घरेलु मदिरा नष्ट गर्ने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।