Monday, September 15, 2025

पर्साका बिरगंज महानगरपालिकामा हैजाको प्रकोप:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाका बिरगंजमा भएको हैजा प्रकोप नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा रहेको छ । पर्सा जिल्लाको वीरगञ्जमा फैलिएको हैजा प्रकोपलाई मध्यनजर गर्दै सरकारले तत्काल मेडिकल टिम परिचालन गर्ने भएको छ । आज गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले हैजा प्रकोपलाई मध्यनजर गरेर आवश्यक परे तत्काल परिचालन हुन सक्ने गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले बैठकमा गृहमन्त्री रमेश लेखकले चिकित्सकसहितको मेडिकलको टोलीलाई आवश्यक परे परिचालन गर्ने गरी तयारी रहन निर्देशन दिएको जनाइएको छ । बैठकमा मुलुकभरको शान्ति सुरक्षाका विषयमा गहन समीक्षा भएको प्रवक्ता काफ्लेले बताए हो।बैठकमा विभिन्न माग राखि भइरहेका धर्ना, जुलुश, आन्दोलन तथा अवाञ्छित गतिविधीहरुलाई मध्यनजर गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा पनि छलफल भएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles