Tuesday, September 16, 2025

डीआइजी उमा चतुर्बेदीद्वारा अवैध गतिविधि तथा तस्करी विरुद्ध आक्रमक हुन निर्देशन:-

ताजा / भरखरै प्राप्त

मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्बेदीद्वारा भर्चुअल माध्यमबाट मधेश प्रदेश प्रहरी कार्यालय मातहतमा रहेका कार्यालयका कार्यालय प्रमुखहरूलाई समसामयिक विषयमा छलफल तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा डीआइजी चतुर्वेदीले मधेश प्रदेश प्रहरी गण जनकपुरधाम, धनुषा, सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरु र आठ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुखहरुलाई वर्तमान शान्ति सुरक्षाको अवस्थालाई मध्य नजर गर्दै आ-आफ्नो मातहत समेतका इकाईहरुको काम कारवाहीको अवस्थाको सुपरिवेक्षण, प्रहरी आचरण तथा अनुशासन र शान्ति सुरक्षालाई चुस्त दुरुस्त रुपमा कायम राख्न,
गैर व्यवसायिक प्रहरी कर्मचारीहरुलाई दण्डित गरी तत्काल विभागीय कारवाही, लागु औषध ओसार पसार नियन्त्रण, सवारी साधनमा क्षमता भन्दा बढी यात्रु राख्न नियन्त्रण गर्ने लगायतका ट्राफिक नियमको कडाईका साथ पालना गर्ने, सवारी दुर्घटना न्यूनीकरण, सीमा क्षेत्रबाट हुने निकासी पैठारी नियन्त्रण, प्रहरीको आन्तरिक शुद्धीकरण गर्नु पर्ने लगायतका विषयहरुको समिक्षा गर्दै थप प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्देशन दिनु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles