Tuesday, September 16, 2025

प्रहरीको हिरासतमा रहेका थुनुवामाथि कुटपिट:-

ताजा / भरखरै प्राप्त

प्रहरी हिरासतमा रहेको थुनुवालाई कुटपिट घुमुवा जवान मदन भण्डारीले उनलाई कुटपिट गरेको आफन्तले आरोप लगाएका छन् । काठमाडौँको प्रहरी वृत्त गौशालाको हिरासतमा रहेका थुनुवामाथि कुटपिट भएको छ । थुनामा रहेका अनिल बिसंखेलाई अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीले कुटपिट गरेका हुन् ।धादिङ घर भएका बिसंखे एकजना पूर्वसैनिक अधिकृतको घरमा ल्यापटप लगायतका ग्याजेट चोरेको आरोपमा पक्राउ परेका थिए । अनुसन्धानको क्रममा सादा पोसाकमा कार्यरत प्रहरी जवान मदन भण्डारीले उनलाई कुटपिट गरेको आरोपीको परिवारका एकजना सदस्यले बताए । कुटपिटमा संलग्न प्रहरी जवान भण्डारी ५ वर्षदेखि गौशाला प्रहरी वृत्तमा कार्यरत छन् ।
कुटपिटबाट आरोपीको बायाँ गालाको माथिल्लो भागको हड्डी फुटेको छ । चेकजाँच गराउँदा ४ लाख उपचार खर्च लाग्छ भनेर अस्पतालले भनेको पीडित पक्षको भनाइ छ ।यसबारे बुझ्दा प्रहरी वृत्त गौशालाका डीएसपी सुकदेव खनालले आरोपीमाथि कुटपिट भएको अस्वीकार गरे । उनले भने, ‘त्यो नामुद चोर हो, थुनुवाहरूलाई नियमित मेडिकल चेकअप गराएर नै थुनामा राख्ने गरिएको छ ।’

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles