Monday, September 15, 2025

यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ:-

ताजा / भरखरै प्राप्त

धनुषा जिल्लाको जनकपुरधांममा होटल सञ्चालनक पक्राउ परेका छन् । आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलाप गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटल सञ्चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुरधाम–२३ का ४५ वर्षीय अजिज राइन रहेका छन् ।
प्रहरी नायब उपरीक्षक (डिएसपी) बरुणबहादुर सिंहका अनुसार पीडित परिवार र मानव अधिकारकर्मीले दिएको उजुरीको आधारमा राइनलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।
राइनविरुद्ध मानव बेचविखन र यौनजन्य अपराधसँग सम्बन्धित गम्भीर प्रकृतिका उजुरी दर्ता भएको छ ।
प्रमाण सङ्कलनको काम भइरहेको’, प्रहरी नायब उपरीक्षक सिंहले भने । राइनविरुद्ध राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी परेको छ ।
आयोगका जनकपुरधाम प्रमुख बुद्धनारायण सहनीले उक्त घटनालाई अत्यन्त संवेदनशील विषयका रूपमा लिइएको बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles