Monday, September 15, 2025

बोकेको कुकुरले मृग मार्न सक्दैन-बसन्त कुँवरनार्कोनन सिद्धान्तका खोजकर्ता, दार्शनिक तथा समाजशास्त्री एल.

ताजा / भरखरै प्राप्त

रोन हबर्डले करिब २०० पुस्तक लेख्नुभयो र मानिसले प्रगति गर्न के के क्षमता बढाउनुपर्छ भन्ने सम्बन्धमा खोज गर्दै गर्दै “स्यान्टोलोजी“ नामक शास्त्र नै विकास गर्नुभयो, जुन शास्त्र अहिले संसारका करिब २०० देशमा अध्ययन गर्न पाइन्छ। वहाँ आफ्नै संस्थाको बोर्डको अध्यक्ष हुनुहुन्थ्यो।
एल. रोन हबर्डको समितिमा ज्यादै उमेर पुगेका, प्रभावशाली र शास्त्रबारे धेरै अध्ययन गरेका तथा संसारभर यस शास्त्रलाई फैलाएका अनुभवी पदाधिकारीहरू थिए। तर वहाँले आफूपछि को बोर्ड अध्यक्षमा केवल २९ वर्षका एक युवा छान्नुभयो। तिनै युवाले अहिले अध्यक्षको काम गरिरहनुभएको छ र वहाँले हबर्डको शास्त्रलाई करिब ६० देशबाट २०० देशमा पुर्याउनुभएको छ।
जब हबर्डले आफूपछि नेतृत्व छान्नुभयो, त्यस बोर्डमा अनुभवी र शास्त्र सम्बन्धी ज्ञाता त प्रायः सबै थिए। वहाँपछि दोस्रो तहमा काम गर्नेहरू पनि थिए। तर वहाँले छनोट गर्ने अध्यक्षमा तीन गुण आवश्यक मानेका थिए— पहिलो, उच्च स्तरको आत्म–सम्मान भएको; दोस्रो, उच्च स्तरको नैतिकता भएको; र तेस्रो, उच्च स्तरको पारदर्शिता भएको।
आज वहाँले छान्नुभएको अध्यक्षले यस संगठनलाई संसारभर विस्तार मात्र गर्नुभएन, बरु संसारभर वहाँलाई यस कार्यालयसँग सम्बन्धित करोडौं मानिसहरूले उच्च सम्मान गर्दछन्। वहाँले कुनै कुरा भन्दा दर्जनौं पटक उभिएर ताली बजाउँछन्। वहाँलाई अभिभावकझैं मान्दछन् र वहाँका आदेशमा जीवन समर्पण गर्दछन्।
नेतृत्वले कसरी वा कस्तो काम गर्नेछ? तिनले तल्लो तहबाट कति गहिरो सम्मान पाउनेछन्? भन्ने कुरा ती व्यक्ति नेतृत्वमा कसरी पुगेका छन् भन्ने कुराले तय गर्ने रहेछ। जब नेतृत्व नै आफ्नै साथीभाइविरुद्ध षड्यन्त्र गरेर, पैसा तिरेर, फटाहिपन गरेर, कुनै राजनीतिक दलको कार्यकर्ता भएर वा जात, क्षेत्र, वा नातामा परेर विकास गरिएका वा पुर्‍याइएका हुन्छन्, तब तिनले चाहेर पनि काम गर्न र सम्मान प्राप्त गर्न सक्दैनन्। तिनको सम्मान पदमा रहेका बेला मात्र हुने रहेछ, र त्यो पनि श्रद्धाले होइन, “मेरो करिअर वा जागिर यो फटाहाले बिगार्ला कि“ भनेर मात्र।
मैले २३ वर्ष प्रहरी सेवामा जागिर खाँदा, त्यहाँ व्यवसायिक नेतृत्वको विकास गर्दा गुट, राजनीतिक आस्था, पैसा, र नाताका आधारमा विकास गरिएको अनुभव गरेँ, जसका कारण पहिलो त सही मानिस उच्च नेतृत्वमा पुग्न सकेनन् र पुगे पनि यति धेरै सम्झौता र सर्त मानेर त्यहाँ पुगे कि वहाँहरूबाट आत्म–सम्मान, नैतिकता, पारदर्शिताको अपेक्षा गर्न सकिने कुनै अवस्था नै हुन्नथ्यो।
त्यसैले हो, प्रहरीमा क्रमशः तक्मा, तालिम, काम गरेको स्थानमा जनताबाट पाएका अभिनन्दन, सम्मान, ग्रेड थप, रचनात्मक काम, देखाइएको बहादुरी, नैतिकता, पारदर्शिता, उच्च आत्म–सम्मानजस्ता क्षमता र गुणहरू क्रमशः नेतृत्वमा जाने योग्यताको आधार नभई केवल चाकरी, गुट, पैसा, राजनीतिक कार्यकर्ता, र नातागोता नै नेतृत्वमा जाने सिँढी वा योग्यताको आधार बन्दै गयो।
यसरी गलत तरिकाले पुगेका नेतृत्वले जति सुकै राम्रा भाषण गरून्, जति सुकै सुशासनका कुरा गरून्, जति सुकै विद्वता छाटून्, तल्लो तहका कर्मचारीले मनदेखि सम्मान गरेका हुँदैनन्। यो कुरा त्यस्ता नेतृत्वले तब महसुस गर्दछन् जब पदबाट बाहिरिन्छन् र आफूलाई बिल्कुल तिरस्कृत र एक्लो भएको पाउँछन्। तिनलाई हिजो आफैंले काम गरेका संगठनका तल्ला अफिसर भेट्न वा कार्यालयमा जान पनि साहस नहुन सक्छ, किनभने तिनले पदमा रहँदा थुप्रै गलत काम गरेका हुन सक्छन्।
जसरी बोकेको कुकुरले मृग मार्न सक्दैन, त्यसैगरी षड्यन्त्र, फटाहिपन, पैसा, चाकरी र राजनीतिक कार्यकर्ताको आधारमा पुगेका नेतृत्वले पनि पदअनुसार काम र सम्मान कहिल्यै पाउन सक्दैनन्। तिनीहरूबाट संगठन वा मुलुकको विकास हुन्छ भन्नु वा ठान्नु चरम मूर्खता बाहेक अरु केही हुन सक्दैन। यो केवल तिनका गुटका हरुवा चरुवा र तीबाट लाभ पाएका चाटुकारहरूले मात्र भन्ने कुरा हुन्।
पूर्व एसएसपी ।

नव जनप्रहारबाट

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles