Sunday, September 14, 2025

व्यक्तिगत वैदेशिक रोजगारी ठगी प्रहरीले हेर्ने:-

ताजा / भरखरै प्राप्त

वैदेशिक रोजगारीको नाममा नेपाली युवाहरू ठगीमा पर्ने घटना दिनप्रतिदिन बढ्दै गएका छन्। आकर्षक तलब, छिटो भिसा, र सजिलो कामको प्रलोभन देखाएर दलालहरू नेपाली कामदारहरूलाई झुक्याउने क्रम रोकिएको छैन। वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो समय दर्जनौं गुनासा दैनिक रूपमा दर्ता भइरहेका छन्, जसमा ठगी, सम्झौता विपरीतको काम, तलब नपाउने, र मानव बेचबिखन जस्ता समस्या उल्लेख छन्। विदेशमा अलपत्र परेका नेपालीहरूले दूतावासमार्फत उद्धारको गुहार गरिरहेका छन्।
विशेषगरी मध्यपूर्व र मलेसिया जस्ता मुलुकहरूमा यस्ता समस्या बढी देखिएका छन्। धेरै नेपालीहरू नक्कली वा अनुमतिबिनाका एजेन्टमार्फत विदेश जान खोज्दा ठगीको सिकार बन्न पुगेका हुन्। हालका वर्षहरूमा नेपाली युवाहरू वैदेशिक रोजगारीको सिलसिलामा ठूलो संख्यामा विदेश जान थालेका छन्। तर, यो क्रमसँगै ठगी र शोषणका घटनाहरू पनि दिनप्रतिदिन बढ्दो क्रममा देखिएका छन्। धेरै युवा उचित जानकारी र आधिकारिक प्रक्रियाको अभावमा दलालको झुक्याउने झेलमा परिरहेका छन्।
सरकारले केही कडा नियमहरू लागू गरे पनि निगरानी र कार्यान्वयनमा कमजोरीका कारण दलालहरूले सजिलै फाइदा उठाउँदै आएका छन्। वैदेशिक रोजगार बोर्डका एक अधिकारीले भने, “वैदेशिक रोजगारीमा जाने प्रक्रिया कानुनी रूपमा सहज भए पनि धेरैले छोटो बाटो अपनाउने प्रयास गर्दा ठगिन्छन्।”
कुनैकुनै व्यक्तिहरूले आकर्षक तलब, सजिलो काम, र चाँडै भिसा आउने जस्ता प्रलोभन देखाएर उनीहरूलाई गलत बाटो हुँदै विदेश पठाउने गरेका छन्। यस्तो अवस्थामा न त उनीहरूले सम्झौताअनुसारको तलब पाउँछन्, न त उचित काम र बसोबासको सुविधा। धेरैले त काम नपाईकनै विदेशमै अलपत्र पर्नुपर्ने अवस्था आएको छ।
यस समस्याको समाधानका लागि सरकारले कडाइका साथ निगरानी गर्नुपर्ने आवश्यकता छ। साथै, विदेश जान चाहने युवाहरूले पनि प्रमाणित एजेन्ट वा कम्पनीमार्फत मात्र प्रक्रिया अघि बढाउनु जरुरी छ। सूचना र सचेतनाको अभाव पनि यस्तो ठगीको कारण बन्ने गरेको छ, त्यसैले सञ्चार माध्यम, स्थानीय सरकार, र सामाजिक संघसंस्थाहरूले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ।
यता मानव अधिकारकर्मीहरू भने सरकारले श्रोत र गन्तव्य देशहरूबीच प्रभावकारी सहकार्य गर्दै नियमनमा कडाइ गर्नुपर्नेमा जोड दिँदै आएका छन्। साथै, जनस्तरमा व्यापक सूचना र सचेतना अभियान सञ्चालन गर्नुपर्ने माग पनि उठिरहेको छ।
विश्लेषकहरूका अनुसार, बेरोजगारी, पारिवारिक दबाब, र विदेशमा छिटो कमाउने सपना नेपाली युवालाई जोखिमपूर्ण निर्णयतर्फ आकर्षित गराउने मुख्य कारण हुन्।यस समस्याबाट जोगिन वैदेशिक रोजगारमा जान चाहने सबैलाई सरकारले स्वीकृत म्यानपावर कम्पनीमार्फत प्रक्रिया अगाडि बढाउन, आवश्यक कागजात जाँच गर्न र परामर्श लिन अनुरोध गरेको छ।
वैदेशिक रोजगारीमा हुने व्यक्तिगत ठगी रोक्न सरकारले वैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी गरेको छ । ऐन संशोधनमार्फत् व्यक्तिगत ठगीको अनुसन्धान प्रहरीमा र न्याय निरूपण जिल्ला अदालतबाट गर्ने गरी कानुनमा सुधार गर्न लागिएको हो । व्यक्तिगत ठगी न्यूनीकरण गर्न सरकारले व्यक्तिगत ठगीका उजुरी प्रहरीलाई जिम्मा दिने व्यवस्था कानुनमा गर्न लागेको हो । त्यस्ता मुद्दाको निरूपण गर्ने जिम्मेवारी जिल्ला अदालतलाई दिन लागिएको छ । अहिलेसम्म म्यानपार कम्पनीबाट भएका ठगीका घटना वैदेशिक रोजगार विभागले हेरिरहेको छ । मेलमिलाप नभएका व्यक्तिगत ठगीका मुद्दा भने वै देशिक रोजगार न्यायाधीकरणले हेर्छ । प्रस्तावित विधेयकमा वैदेशिक रोजगार विभागले गर्ने अनुगमनमा सहयोग नगर्ने म्यानपावर कम्पनीलाई तीन महिनासम्म निलम्बन र ५० हजार रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ ।सभर

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles