Sunday, September 14, 2025

तीजले सबैको परिवारमा आत्मीयता,दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस्:-

ताजा / भरखरै प्राप्त

प्रधानमन्त्री केपी शर्मा ओलीले तीज आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको उत्सव भएको बताएका छन् ।
तीज पर्वको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले फेसबुकमा पेजमा लेखेका छन्- ‘तीजलाई प्रायस् गीत-नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको छ । तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग गहिरो रूपमा जोडिएको छ । प्राचीन कालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने चलन रहेको पाइन्छ । समय क्रममा महिलामात्रै व्रत बस्ने परम्परा विकसित भयो । अहिलेको समाजमा अझै नयाँ मतहरू पनि आएका छन् ।’‘हाम्रो संस्कृतिले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा लिएको छ । संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस् ।’ओलीले तीजलाई नाचगानको पर्वको रुपमा मात्र बुझ्न नहुने बताएका छन् । तिजको मूल सम्बन्ध व्रत, संयम र आत्म-अनुशासनसँग गहिरो रूपमा जोडिएको उनले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles