मधेस प्रदेशका सरकारले मधेस प्रदेशका प्रहरी र राष्ट्रिय अनुसन्धालाई २१ वटा मोटरसाइकल र ५ वटा गाडी दिएको छ ।
मधेस सरकारले मधेस प्रदेश प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान कार्यालयलाई गाडी तथा मोटरसाइकल हस्तान्तरण गरेको जनाइएको छ । मधेसको गृह सञ्चार तथा कानून मन्त्रालयले नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धानलाई स्रोत साधन सम्पन्न बनाउकालागि गाडी तथा मोटरसाइकल हस्तान्तरण
गरेको छ ।
मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच गृह संञ्चार तथा कानून मन्त्री राजकुमार लेखी गाडी तथा मोटरसाइकल मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक (डीआईजी) उमा प्रसाद चतुर्वेदीज्यूलाई हस्तान्तरण गर्नुभएको छ ।
गाडी तथा मोटरसाइकल हस्तान्तरण गर्दै मन्त्री लेखीले पछिल्लो समय सुरक्षा निकायले अपेक्षा गरेका अनुरुप काम गर्न नसकेको गुनासाका बीच मनोबल उँच बढाउनका लागि गाडी तथा मोटरसाइकल हस्तान्तरण गरिएको बताउनु भएका छन् ।
मधेस प्रदेश प्रहरीका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डीआईजी(उमा प्रसद चतुर्वेदीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रदेश सरकारले उपलब्ध गराएका गाडी र मोटरसाइकलहरु उपयोगी साबित हुने बताउनु भएको छ । उहाँले आउने २ . ३ वर्षमा मधेस प्रदेश प्रहरी साधन स्रोत सम्पन्न हुने विश्वास समेत व्यक्त गर्नु भएका छन् । मन्त्रालयले नेपाल प्रहरी र राष्ट्रि अनुसन्धानलाई १२५ सीसीको २१ वटा मोटरसाइकल, तथा इलेक्ट्रीक कार २ वटा र इलेक्ट्रीक पिकअप ३ वटा हस्तान्तरण गरेको मधेस प्रदेशको सरकारले दिएको जनाइएको छ ।