
काठमाडौंको भक्तपुर जिल्ला अदालतले आशिका तामाङसहित दुई जनालाई पाँच दिनको कैद सजाय सुनाएको छ ।बिहीबार न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले आपराधिक उपद्रव गर्न नहुने अभियोगमा दाबी पुगे फैसला गरेको हो ।साँगामा रहेको झोलुंगे पुलमा रकम उठाएको भन्दै तामाङले त्यहाँ रहेको सूचना च्यातेकी थिइन् । त्यही विषयमा उनीविरुद्ध मुद्दा परेको थियो । सोही मुद्दाको फैसला गर्दै अदालतले तामाङ र शरण तिरुवालाई पाँच–पाँच दिनको कैद सजाय सुनाएको हो । साथै पाँच सय जरिवाना पनि तोकिएको छ ।
प्रहरीका अनुसार इनिहरु पहिला पनि पाँच दिन थुनामा बसेको हो, अबको पाँच दिन जेलमा नबिताउने भएको छ ।