Sunday, September 14, 2025

न्युट्रिप्लु सोयाबिन तेलमा तोकिएको भन्दा कम तौल:-

ताजा / भरखरै प्राप्त

सोयाबिन तेलमा तोकिएको भन्दा ताैल कम रहेको उपभोक्ताहरुलाई ठगीगरेको गरेकोपर्सा जिल्लाका पोखरिया नगरपालिका पोखरीया टोलका रेयाज आलमले आरोप लगाएका छन् पर्सा जिल्लाको पोखरिया नगरपालिकामा न्युट्रिप्लु कम्पनीले उत्पादन तथा वितरण गरेको भनिएको Refined Soybean Oil (९०० ग्राम प्याकेट) मा तोकिएको तौलभन्दा कम रहेको पाइएको बताइएको छ ।

नगरपालिकाको वडा नम्बर–१० का स्थानीय बासिन्दा खुर्सिद मियाँले किराना पसलबाट खरिद गरेको सो तेलको प्याकेटमा ९०० ग्राम लेखिए तापनि वास्तविक तौल ७ सय ५६ ग्राम मात्र रहेको खुलेको छ ।

खरिद पश्चात तौल परीक्षण गर्दा कम भएको पुष्टि भएपछि उनले यसबारे स्थानीयवासीहरुलाई जानकारी गराएका छन् । यसपछि अन्य उपभोक्ताहरूले पनि विभिन्न पसलमा बिक्री भइरहेका सो तेलका प्याकेटमा यस्तै समस्या देखिएको गुनासो गरेका छन् ।

तोकेको परिमाणभन्दा कम तौल कम पाइएको घटनाले उपभोक्तामाथि ठगी भएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । उनीहरूले यस्तो कार्य उपभोक्ता अधिकारमाथि सरासर धक्का भएको भन्दै सम्बन्धित सरकारी निकायलाई तत्काल छानबिन गरी दोषी कम्पनीविरुद्ध कानूनी कारबाही गर्न माग गरेका छन् ।

स्थानीय उपभोक्ता खुर्सिद मियाँले भने, “९०० ग्राम भनेर खरिद गर्दा वास्तवमा ७ सय ५६ ग्राम मात्र भेटियो । यो सरासर कम्पनीले ठगी गरेको आरोप रहे छ । यस्तो बेइमानी उपभोक्ताले सहन सक्दैनन् ।

यता, स्थानीयवासीहरूले उपभोक्ता अधिकार संरक्षण मञ्च, जिल्ला प्रशासन कार्यालय र वाणिज्य आपूर्ति निकायलाई तत्कालै कारबाहीका लागि दबाब दिएको बताएका छन् ।

हालसम्म सम्बन्धित निकायले यस विषयमा कुनै आधिकारिक टिप्पणी गरेको छैन । तर, उपभोक्ताहरूले तत्काल अनुगमन गरी उपभोक्ताहरुमाथि दिउँसै लुटन गर्ने कम्पनीविरुद्ध कडा कारबाही गर्न माग गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles