Sunday, September 14, 2025

त्रिपालमुनि सुतेकी महिला र बालिकाको ढुंगाले लागेर मृत्यु:-

ताजा / भरखरै प्राप्त

अछाममा महिनवारी बार्न त्रिपाल मुनि खेतमा सुतेकी एक महिला र बालिकाको ढुंगाले लागेर मृत्यु भएको छ ।
पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीमा घर नजिकै खेतबारीमा त्रिपाल मुनि सुतिरहेका बेला माथिबाट खसेको ढुङ्गा लागेर ३५ वर्षीया निम खनाल र ७ वर्षीया बालिका कविता भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।उनीहरुसँगै सुतेकी मृतक बालिकाकी आमा ३६ वर्षीया रत्ना भण्डारी घाइते छन् । उनलाई उपचारका लागि बारला स्वास्थ्य चौकी पठाइएको छ ।
पञ्चदेवल विनायक नगरपालिका–८ का वडा अध्यक्ष छत्रबहादुर शाहीका अनुसार महिनावारी बार्न भनेर दुवै जना महिला त्रिपालमुनि सुतेका थिए । रत्नाकी सात वर्षीया छोरी कविता भने आमाको माया लागेको भन्दै सँगै सुतेकी थिइन् । मृतक खनाल र भण्डारी दुवै जना माइत आएका थिए ।यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अछाममा छाउगोठ भत्काइए पनि महिनावारी भएकाहरुलाई त्रिपाल टाँगेर खेतबारीमा र ओढारमा राख्ने गरेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles