


सशस्त्र प्रहरी बल बाराले तिनवटा मोसा सहित १० लाख ३२ हजार बराबरको भन्सार छलीएका कपडा तस्करी गरेर ल्यायो समानहरु बरामद गरेको सशस्त्र प्रहरी बाराले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बाराले अवैध कारोबार , तथा अवैध समान नियन्त्रणका लागि तिब्रता दिएको जनाएका छन् । सशस्त्र प्रहरी बल बाराले सिमा नाकाबाट चोरी पैठारी , अवैध तरिकाले भारतबाट भन्सार छलि गरि ल्याउँदै गरेका समानहरु पक्राउ गरेको बताएका छन् ।
विभिन्न इलाकाहरुबाट मोसा सहित १० लाख ३२ हजार बाराबर किराणा समानहरु बरामद हो ।
विभिन्न सिमा नाकाहरुबाट बरामद गरेको बरामदि विवरण
सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराबाट
स.प्र.स.नि. परमानन्द मुखियाको कमाण्डमा खटिएको टोलिले २ वटा मो.सा. को प्रयोग गरी नेपाल तर्फ ल्याउदै गरेको अं. मुल्य रु. ७,७१,३८०।- बराबरको कपडा, चकलेट र खजुर बरामद गरिएको ।
पचरौता-२ श्रीनगर बैरियावाट मोटरसाइकलसहित १,९०,०००/ मुल्य बराबरको किराना सामान बरामद गरिएको जनाएको छ ।
वि.ओ.पि. बरैनियाको टोलिले रू ७१,००० /मुल्य बराबरको ढोकामा प्रयोग हुने ताल्चा बरामद गरिएको मोसा सहितको बरामद गरिएका समानहरुको १०,३२०००/ मुल्यांकन गरि आवस्यक कार्वाहीको लागि पर्साका बिरगंज भन्सार कार्यालयमा बुझाएको बाराका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुम बहादुर केसिले जानकारी दिएका छन् ।