धनुषा जिल्लाका प्रहरी सहायक निरीक्षक बिरेन्द्र साह घुमुवाको राज । मधेस प्रदेशको औरहि स्थित ईलाका प्रहरी कार्यलय औरहिमा कार्यरत प्रहरी सहाय निरीक्षक बिरेन्द्र साह असई. माथि तस्करीलाई संरक्षण गर्दै असुली धन्दा चलाएको गम्भीर आरोप लागेको छ ।ईलाका मातहतमा पाँच वटा प्रहरी चौकीहरुमध्ये विशेषगरी भारतसँग जोडिएका सडकमार्ग हुँदै हुने तस्करीमा साहको मिलापत्र रहने गरेको स्थानीय व्यवसायीले नाम नखुलाउने सर्तमा बताएका छन् । भारतबाट भित्रिने सामान रोक्नुको सट्टा तस्करहरुसँग ठूलो रकम लिएर ‘लाइन मिलाउने’ गरेको उनीहरुकै दाबी रहेको छ ।
औरही क्षेत्रको सेटिङ जिल्ला प्रहरी कार्यालय धनुषाका एसपीको निर्देशनमा प्रहरी सहायक निरीक्षक बिरेन्द्र साह मार्फत सञ्चालन हुँदै आएको छ । साहले तस्करहरूलाई नजिकबाट सहयोग गर्दै स्कटिङसम्मको जिम्मा लिएको व्यापारीहरूको भनाइ रहेको छ ।
तस्करीको केन्द्रबिन्दु बनेको, दुहबी, मैनाथपुर,धनाैजी,बहुअर्व, जटही,ईनरवा,लगायतका क्षेत्रमा दर्जनौं सक्रिय तस्कर खुलेरै कारोबार गर्दै आएका छन् ।
यता, साना व्यापारी र घरायसी प्रयोजनका सामान ल्याउने सर्वसाधारणलाई भने साहले कहिले ‘प्रहरीको घुमुवा’ भन्दै, त कहिले व्यक्तिगत रुपमा रकम समेत असुले गरेको आरोप रहेको छ । हालै मधेस प्रदेश प्रहरी कार्यलयले सयौँ सादा पोसाकका प्रहरीमाथि अनुशासनको कारबाही गरेको भए पनि दिनभर सादा पोसाकमै घुम्ने साहको घर पनि धनुषा जिल्लाको औरही इलाकामा रहेको र उभने उक्त सूचीमा नपरेको विषयमा स्थानीयहरुमा प्रश्न उठेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उोनिरीक्षक एसपी ले भने बिरेन्द्र साहलाई फरार प्रतिवादी पक्राउ गर्ने जिम्मेवारीमा खटाइएको दाबी गरेका छन् ।