Sunday, September 14, 2025

गुडविल सोसाइटी संस्थाले वीरगञ्ज महानगरपालिका–३१ मा ५० थान मच्छरदानी (Mosquito Net) वितरण गरेको छ।

ताजा / भरखरै प्राप्त

स्थानीयवासीहरूबाट आएको गुनासोअनुसार हाल सो क्षेत्रमा मच्छरको प्रकोप अत्यधिक भएको र यसको कारण धेरै स्वास्थ्य समस्या देखिएको जानकारी पाएपछि संस्थाले राहतस्वरूप मच्छरदानी वितरण गरेको हो।कार्यक्रममा वीरगञ्ज–३१ का वडाध्यक्ष जितेन्द्र यादव विशेष उपस्थितिमा वितरण कार्य सम्पन्न गरिएको हो।

सो अवसरमा गुडविल सोसाइटीका अध्यक्ष अरबाज आलम, उपाध्यक्ष सज्जाद, सदस्यहरू किशन पटेल, शाहनवाज, सुहैब, सलाउँदिन, सम्सुदिन, आमिर, सौकत, साहिल, सम्सुल, समीर, आमिर लगायतका प्रतिनिधिहरू उपस्थित थिए।
त्यस्तै स्थानीयवासी उमर अन्सारी, अली हसन लगायत समुदायका सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमका वक्ताहरूले मच्छरजन्य रोग नियन्त्रणका लागि सचेतना र सावधानी अपनाउनुपर्नेमा जोड दिएका थिए। साथै गुडविल सोसाइटीले स्थानीय समस्याका आधारमा आगामी दिनहरूमा पनि यस्ता सामाजिक सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles