Sunday, September 14, 2025

जनकपुरधामको,वार्ड-२० गणेश मूर्ति विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम विवाद:-

ताजा / भरखरै प्राप्त

धनुषाजिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० झण्डाचोकमा गणेश पूजाको मूर्ति विसर्जनलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ ।
मूर्ति विसर्जनको लागि मुस्लिम बस्तीबाट लैजाने क्रममा दुई समुदायबीच विवाद उत्पन्न हुँदा दुवै पक्षबीच ढुङ्गामुढासँगै झडप भएको हो ।
झडप नियन्त्रणमा लिन धनुषाका प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको धनुषा जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहले जानकारी दिएका छन् ।
कुनै अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुको बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको डिएसपीले जनाएका छन् ।
झडपमा घाइते भएकाको विवरण अहिलेसम्म प्रहरीसमक्ष नआएको डीएसपी सिंहले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles