




नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन मापदण्ड (Police Baton) २०८२” अन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैया बाराको निरीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी कार्यदक्षता मूल्याङकन (Police Baton)” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)डा. मनोज कुमार के.सी. सहितको मूल्याङकन टोलीबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैया बाराको कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ट्राफिक व्यवस्थापन कार्यालयको भौतिक पुर्वाधारको अवस्था, उपलब्ध श्रोत साधनहरूको अबलोकन तथा निरीक्षण गर्नुभएका साथै यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राज कुमार सिलवालद्वारा राजमार्ग पथलैयाको मानवश्रोत एवं प्रशासनिक व्यवस्थापन, श्रोत साधन व्यवस्थापन, राजमार्ग पथलैयाबाट भए गरेका रचनात्मक तथा सृजनात्मक कार्य लगायत समग्र विषय वस्तुहरुको प्रस्तुतीकरण गर्नु भएको कार्यक्रम सम्पन्न भएको छ ।