




नेपाल प्रहरीबाट अनिवार्य अवकास प्राप्त पूर्व प्राविधिक प्रहरी निरीक्षक नारायण कुमार योगीको एक विशेष समारोहका बीचं विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी निरीक्षक नारायण कुमार योगी मिति २०५२/०५/१५ गते प्रहरी जवान पदमा नियुक्ती भई प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम १२७ को उप-नियम १ (घ) बमोजिम आजबाट अनिवार्य अवकास प्राप्त हुनु भएको छ ।
यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी)राजन चापागाई, प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक केदारमान दोङ, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी अधिकृतहरु लगायत सम्पूर्ण दर्जाका प्रहरी कर्मचारीहरु र अवकास भई जान लाग्नु भएका पूर्व प्रहरी निरीक्षक नारायण कुमार योगीज्यूको श्रीमती प्रगिता राई योगीको उपस्थिति बिदाई कार्यक्रम सम्पन्न भएको छ ।